बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  Sampatti News Online

September 3, 2023

ललितपुर । ललितपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ का ३६ वर्षीय सुजन नगरकोटी रहेका प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो ।नगरकोटीले ती किशोरीलाई गत बिहीवार दिउँसो त्रिवेणीस्थित जङ्गलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:September 3, 2023