म्याद सकिएको पानी बेच्दा भाटभटेनीलाई ३ लाख जरिवाना

  Sampatti News

July 24, 2020

काठमाडौँ । भाटभटेनी सुपर मार्केटलाई म्याद सकिएको पानी बेचेको कसुरमा ३ लाख रूपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनीलाई म्याद सकिएको पानी बेचेको कसुरमा ३ लाख रूपैयाँ जरिवाना गरेको हो।

शुक्रबार विभागले भाटभटेनीमा अनुगमन गरेको थियो। अनुगमनमा त्रुटि आईएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरेको विभागले बताएको छ।

प्रकाशित मिति:July 24, 2020