६४औं वार्षिकोत्सवको अवसरमा अस्पातलले गरे प्रसूतिगृहमा अनलाइनबाटै टिकट, ४ सय ५० शय्या निःशुल्क

  Sampatti News Online

September 6, 2023

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ।

अस्पतालले ६४औं वार्षिकोत्सवको अवसर पारेरे आजबाट लागू हुनेगरी टिकटको व्यवस्था सुरू गरिएको जनाएको हो। 

अनलाइन टिकटसँगै अस्पतालले बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ।अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ। 

अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ चार सय ५० शय्या निःशुल्क गरिएको बताए।

उनले मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या चार सय १४ भएपनि बिरामीको चापका कारण चार सय ८९ शय्या सञ्चालन गरिएको बताए ।

बिरामीको चाप रहने उक्त अस्पतालमा अनलाइन टिकट सुरु गरिएपछि सेवाग्राहीलाई केहि सहजता हुने अस्पताल स्रोतले विस्वास लिएको छ। 

प्रकाशित मिति:September 6, 2023