September 6, 2023
काठमाडौं : अष्ट्रेलियाले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोली घोषणा गरेको छ। प्याट कमिन्सकाे कप्तानीमा विश्व चर्चित अलराउन्डरको बाहुल्यता भएको सर्वाधिक सफल टोली अष्ट्रेलियाले १५ सदस्यीय टोली घोषणा गरेको हो।
आइसिसीले कुनैपनि विश्वकप खेल्ने टोलीले टिम परिवर्तन गर्न चाहे २८ सेप्टेम्बर सम्मको समय दिएको छ।
आठ ओडिआई खेलको प्रदर्शनपछि अष्ट्रेलियाले टोलीमा फेरबदल गर्न सक्नेछ। अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल भारतसँग ८ अक्टोबरमा खेल्दै सुरुवात गर्नेछ।
अष्ट्रेलियाको विश्वकप खेल्ने टोली :
प्याट कमिन्स (कप्तान), शन एबोट, एश्टन अगर, एलेक्स केरी, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा।
प्रकाशित मिति:September 6, 2023
February 16, 2025
February 15, 2025
February 14, 2025