सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  Sampatti News

September 7, 2023

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार बढेर मंगलबारदेखि घटेको सुनको मूल्य आज बिहीबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  तोलामा ४०० रुपैयाँले गिरावट भइ प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २० रुपैयाँ घटेसँगै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:September 7, 2023