मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

  Sampatti News Online

September 9, 2023

काठमाडौं । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भुकम्पबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ। भूकम्पको गहिराई जमिनमुनि १८.५ किलोमिटर थियो । भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी अफ्रिकामा भूकम्प एकदमै दुर्लभ हुन्छन्। यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी हजारौं मानिसको मृत्यु भएको थियो।

प्रकाशित मिति:September 9, 2023