सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

  Sampatti News

September 17, 2023

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय पेश गरेको थियो । जसमा पक्राउ परेका ३२ र फरार १८ जना थिए । जस मध्ये २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ताले जानकारी दिए ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको ‘ब्रेक सू’मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो ।

प्रकाशित मिति:September 17, 2023