हाथवे इन्भेष्टमेण्ट नेपालको आईपीओ मंगलवार बाँडफाँट हुने

  Sampatti News

September 18, 2023

काठमाडौं  । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आईपीओ असोज २ गते मंगलबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २७ हजार २११ जनाले ३ करोड १३ लाख १६ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीको १ लाख २१ हजार ३८७ जनाले २०/२० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्  ।

 सोही मध्ये पाँच जनाले थप १ कित्ता अर्थात २१ कित्ता शेयर हात पार्नेछन् । कम्पनीले भदौ २१ गते २५ गते सम्म २४ लाख २७ हजार ७५९ कित्ता आईपीओ सर्वसाधारणमा विक्री खुला गरेको थियो । 

प्रकाशित मिति:September 18, 2023