तीनकुने हत्याकाण्डमा पक्राउ परेका दीपेन्द्र राई रिहा

  Sampatti News

September 18, 2023

काठमाडाैं । प्रहरीलेकाठमाण्डुको तीनकुनेस्थित श्दिव्य सः मिलमा शुक्रबार राति भएको सामूहिकहत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरेकोछ ।

हत्यामा उनकोकुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिए ।

उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै सम्लग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो । घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

गएको शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उहाँकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।

प्रकाशित मिति:September 18, 2023