दशै नजिकिदै गर्दा कालोबजारी मौलायो, बजार छापा मार्दा महानिर्देशक कै सरुवा

  Sampatti News

September 18, 2023

काठमाडौ । चाडपर्व नजिकिदै छ। दशै तिहार लगतै छठपर्व आइरहेको मौकामा चौका हान्न कालाब्यपारी उत्तिकै सल्बलाएका मात्रै छैनन्। बेथिति रोक्न खोज्ने कर्मचारी नै सरुवा गर्ने हैसियत राख्छन्। गतसाता बजार अनुगमनलाई तीव्रता दिन्छु भनेर लागेका वाणिज्य बिभागका महानिर्देशक गजेन्द्र ठाकुर लाई मन्त्रालयमा सरुवा गरिएको छ। सरुवामा परेका महानिर्देशक ठाकुरले दशैमा चिनी अभाव र मुल्य वृद्धि नहोस् भनि अनुगमन गर्दा कुलेश्वर गोदाम छापा मारेको थिए ।

अनुगमन गर्ने टिमले साझमा छापा मार्यो तर सिल गर्न सकेन । बिहान सो गोदाम हेर्न जादा रातारात गोदामबाट हजारौं बोरा चिनी गायब भैसकेको थियो । लगत्तै महानिर्देशक ठाकुरको सरुवा समेत भएको थियो।

चिनी तस्कर चिनौ

चिनी तस्कर सन्तोष खेतान ,बिशाल खण्डेलवाल र तेलमा मिसावट गर्ने ब्यापारी संजय खण्डेलवालका भतिजो समेत समलग्न छन्। यिनिहरुलाइ सुबिधाजन्य कार्वाही गर्नुपर्ने बाध्यता वाणिज्यलाई छ। गल्ती गरेको देख्दादेख्दै कार्वाही गर्ने नाममा रमिते वाणिज्यका कर्मचारीकाे निरीहपन किन हुन पुग्यो चासो बढेको पनि छ। बजारमा चिनी अभाव गराएर कालोबजारी गर्ने यी तीन भाइ नम्बर एक चिनी तस्कर हुन। चिनी मिलको मिलोमतोमा यिनिहरुलाइ परिचालन गरेर कालोबजारी मौलाउदै आएको छ।

कालाबजारी गर्ने गिरोहलाई कस्ले नियन्त्रण गर्छ ।

चिनी मिलले सय रुपैयाको बिल काटेर कारोबार गरेपनि बजारमा एकसय चालीस रुपैयामा बिक्री गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले ९८ रुपैयामा नाफा खाएरै बिक्री गर्न सक्ने चिनी कसरी एकसय चालिस पुग्यो ? खोज्ने कस्ले प्रश्न उठेको छ। यदि सरकारी सन्यत्रले चिनी सहजरूपमा बजारमा ल्याउने हो भने यी तीन चिनी माफिया खेतान् र खण्डेवाल काका भतिजको फर्मले बजारमा चिनी बितरण गरिएको पूरा बिवरण लिने हो भने यथार्थ सम्म पुग्न सकिन्छ ।

यस वर्ष साल्ट ट्रेडिङमा बेलैमा चिनी ल्याउन नदिने यिनै माफियाको मिलोमतोमा कतिपय जोडिएका देखिन्छन् । बजारमा कालाबजारी गर्ने यिन लाई तत्काल नियन्त्रणमा लिनुपर्ने आवश्यक देखिन्छ। तर जे गर्नुपर्ने हो त्यो नगरी आजभोलि सरकारको ध्यान नुनमा होइन सुनमा केन्द्रित छ। बजारमा सर्वसाधारणले उपभोग गर्ने उपभोग्य बस्तुको मुल्य आकासिएको छ।

खाद्य बस्तुमा मिसावट त्यतिकै छ। बजारमा मनोपोली नियन्त्रण गर्न विभिन्न सरकारी निकायले अनुगमन पनि गरिरहेकै समाचार आइरहेको छ। ती संचालित अनुगमनले नतिजा दिन सकेको देखिदैन । सुनका ठुलाठुला तस्करलाइ नियन्त्रणमा लिन सफल सरकारले हरेकदिन प्रयोग गर्ने खाद्यबस्तुका माफियाहरु नियन्त्रणमा लिएको हेर्न सर्वसाधारण आतुर छन् तर ती चिनि देखी यातायात क्षेत्रका बिचौलियाहरु नेताको संरक्षणले कारोबार गरिरहेको आरोप छ ।

सुन तस्कर नेताको वरिपरि भएर पनि समातिएका छन्। यतिबेला कतिपय नेताका छोराछोरी जेलमा छन्। सन्दर्भले गर्न खोज्दा हुदोरहेछ भन्ने सन्देश प्रवाह गरेको छ।
अब वर्षौं देखी एकाधिकारको सामराज्य खडा गरेकाहरुलाइ पनि भटाभट कानुनी दायरामा ल्याउनुपर्ने आवस्यकता देखिन्छ । कालाबजारिलाइ नियन्त्रण गर्न जति ढिलाइ गरिन्छ त्यति नै राज्य प्रति आम मानिसले गर्ने भरोसा त्यतिकै कमजोर बन्दै जाने कुरा बुझ्न जरुरी देखिन्छ ।

प्रकाशित मिति:September 18, 2023