बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

  Sampatti News

September 19, 2023

काठमाडौं । आज मंगलवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी महासंघका अनुसार आज सुनको मूल्य बढेर तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको मूल्य हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

हिजो सोमवार सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:September 19, 2023