लागुऔषध सहित चितवनमा एक जना पक्राउ

  Sampatti News

September 19, 2023

काठमाडौं । चितवनमा लागुऔषधको ठूलो परिमाण सहित एक जना पक्राऊ परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर-१२ का सुर्य बहादुर कार्की आज (सोमबार) पक्राउ परेका हुन्।

कार्कीले संचालन गर्दै आएको खाजा पसलमा चेकजाँच गर्ने क्रममा ९४० ग्राम गाँजा, प्रतिबन्धित औषधि ट्रामाडोल ५ हजार ७६६ ट्याब्लेट, प्रोमेथ २ हजार ९३८ ट्याब्लेट, एनार्गन २ हजार ७३५ ट्याब्लेट र नगद एक लाख बढी फेला परेको प्रहरीले जनाएको छ ।

कार्कीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताउनुभयो ।

प्रकाशित मिति:September 19, 2023