शेखर समूहले बोलाएको बैठकमा विश्वप्रकाश र प्रदीप नजाने

  Sampatti News

September 19, 2023

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलामा पार्टीका महामन्त्री विश्वप्रकास शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी नहुने भएका छन् ।

सो समूहले आज (मंगलबार) दिउँसो १ः३० बजे बस्ने गरि बैठक आह्वान गरेको छ । उक्त बैठकमा विश्वप्रकाश र प्रदीपलाई बोलाईए पनि उनीहरू दुवै जना नजाने भएका हुन् ।

विश्वप्रकाश शर्मा शेखर–गगन समूहको बैठकमा नजाने शर्मा निकट एक नेताले बताए । शेखर दाइको कार्यशैलीप्रति विश्वजीको केही गुनासो रहेकोले उहाँ बैठकमा नजाने निर्णय गर्नुभएको छ ।

त्यस्तै प्रदीप पौडेल पनि बैठकमा उपस्थित नहुने स्रोतले बतायो । उनी केही दिन भ्रमणका लागि चीन प्रस्थान गर्दैछन् ।

प्रकाशित मिति:September 19, 2023