विद्यालयको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

September 19, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको श्री आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णबहादुर क्यापछाकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसतर उदयपुरको उदयपुरगढी गाउँपालिका-७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विव्यसका पूर्व अध्यक्ष क्यापछाकीले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी निर्णय गराई विद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी लगाउने भन्ने शर्तमा विद्यालयको बचतको रूपमा रहेको तथा विद्यालयलाई प्रोत्साहन स्वरूप प्राप्त एक लाख नब्बे हजार रुपैयाँ श्री आधारभूत विद्यालय नाङराङ्गेका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी लिएकोमा हालसम्म फिर्ता नगरी हिनामिना गरेको अख्तियारको दाबी छ ।

क्यापछाकीले सार्वजनिक सम्पत्ति हानी नोक्सानी-हिनामिना गरेको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम एक लाख नब्बे हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देशन गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिमको जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कैद सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति:September 19, 2023