काठमाडौं सिडिओ कार्यालयले कालोबजारी गर्ने खेतानको गोदाममा लगायो ताला

  Sampatti News Online

September 19, 2023

काठमाडौं । चाडपर्व लाई ध्यानमा राखेर सरकारी निकायले अनुगमन कार्य तीब्र पारेका छन्। चर्को मुल्य वृद्धि मात्रै होइन मिति सकिएका सामाग्री बेच्दै आएका ब्यापारिक फर्म लाई जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा फेला परेपछि काठमाडौं कुलेश्वार स्थित गुनजेश्वरी ट्रेड लिंक प्रालिको गोदाममा ताला लगाएर छानबिन अगाडि बढाइरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खडग बहादुर श्रेष्ठले सम्पत्ति न्युजलाई बताउनुभयो ।

कालिमाटी ब्यापार संघ वरिपरिका पसल बाट बितरित कतिपय खाद्य समाग्रीमा मुल्य सुची र मिति नभएको उजुरी आएपछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको निर्देशनमा तत्कालै खटिएको टोलिले रमेश खेतानको कुलेश्वरको गोदाममा छापा मारेको हाे ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी बस्नेतको निर्देशनमा कालाबजारी गर्ने खेतानको गोदाममा ताला

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठ सहितको टोलि गोदाममा पुग्दा संचालक खेतान एकाएक फरार भएका थिए । गोदाममा संचालक खेतानलाइ फोन गरेर बोलाउदा समेत उनी नआएपछि गोदाम खानतलासी गर्दा एभरेस्ट ,रिलाइन्स ,इन्दुशंकर लगाएतका मिति नभएका र कम तौलका हजारौं बोरा चिनी फेला परेको थियो। मिति नभएका चाउचाउ ,खाने तेल फेला परेपछि काठमाडौ जिल्ला प्रशासन कार्यालय अनुगमन शाखाका अधिकृत प्रकाश पोख्रेलले बाणिज्य ,नापतौल. नेपाल प्रहरी लगायतका सबै सरकारी निकायलाई खबर गरि सबैको रोहवरमा गोदाम सिल समेत गरेको छ।
बजारमा चिनी अभाव भएका स्थानमा सर्वसाधारणले एकसय चालिस सम्म तिर्नुपर्ने बाध्यतालाई बुझ्दै बजारको अबस्था बुझ्ने र आमउपभोक्तालाई सुलभ मुल्य कायम गराउन सकियोस् भन्ने हाम्रो मान्यता हो। अहिलेसम्म ऊँम शिव शक्ति ट्रेडिङ कन्सर्न,कमला सती प्रालिका गोदामका समाग्री हेर्दा र बुझ्दा चिनी एकसय पाँच मै सर्वसाधारणले पाउन सक्ने अवस्था छ । यो अनुगमनका क्रममा देखिएका बिषय सिरियस बन्छ्न् सहायक प्रजिअ श्रेष्ठले भन्नुभयो । अनुगमनका खटिएको टोलिलाइ सुरुमा चिनी छैन सकिएको छ भन्ने गोदामका कर्मचारी होमनाथ शर्मा लाई कडाइका साथ सोधपुछ गरेपछि उनले गोदाम खोल्दिदा खेतानको गोदाममा म्याद सकिएका हजारौं बोरा चिनी र खाने तेल चाउचाउ फेला परेको हो। स्मरणीय रहोस् एक हप्ता अगाडि यसै गोदाममा बाणिज्यले अनुगमन गरेको र सचेत गराएको थियो । सचेत पत्र दिएको भोलिपल्ट बाणिज्य बिभागका महानिर्देशक गजेन्द्र ठाकुरको सरुवा यिनै खेतानले गराएको चर्चा समेत आजै अनुगमन गर्दै गरेको टोलिलाई वरिपरिका पसलेले बताइरहेको भएपनि जिप्रकाको टोलिले कुनै प्रवाह नगरी खेतानका सबै गोदाममा ताला लगाइदिएको छ।

ताला लगाइए लगतै चिनीका डनको गोदाममा ताला त लाग्यो टिक्न सक्छ अस्ति त बाणिज्यले अघिल्लो दिन ताला लगायो भोलि पल्ट खोल्दियो यस्तै हुने त होइन ? अनुगमन नियाल्ने सर्वसधारणको प्रतिक्रिया समेत सुन्न सकिन्थ्यो । छापा मारिए पछि सहायक प्रजिअ श्रेष्ठले खेतानको गोदाममा आउन बाणिज्य र नापतौल लाई पटकपटक फोन गर्दा समेत तिन घण्टा पछि आइपुगेको रिपोर्टिङको क्रममा टोलि समक्ष पुगेको सम्पत्ति न्युजका प्रतिनिधिले देखेका थिए।

नेपालका नम्बर एक चिनी तस्कर भएकोले यो गोदाममा कसैले हत्तपत्त हेर्दैन्थ्यो तर काठमाडौमा नयाँ आउनुभएका प्रजिअको निर्देशनमा खटिएको टिमले कसरी कार्वाही गर्छ त्यो भने हेर्न बाकी नै छ। जिप्रका श्रोतका अनुसार कार्यालयले अधिकृत पोख्रेलको नेतृत्वमा निरन्तर छडके अनुगमन गरिरहने र गलत गर्ने जो कोहि होस कानुनी दायरामा ल्याउने मुडमा प्रजिअ बस्नेत रहनु भएको बुझिन्छ । बजार अनुगमनका क्रममा देखिएका बेथिति लाई कुन निकायले हेर्ने हो तत्काल नै बोलाएर कानुनी प्रक्रिया अगाडी वढाउन जिप्रकाबाट खटिएको टिमले समन्वयको काम समेत गरिरहेको अधिकृत पोख्रेलले सम्पत्ति लाई बताउनु भयाे ।

प्रकाशित मिति:September 19, 2023