सडकमा सुतेर राहत शिक्षकहरूको आन्दोलन

  Sampatti News Online

September 25, 2023

काठमाडौं । सरकारसँग भएको ७ बुँदे सहमति अमान्य रहेको भन्दै राहतका शिक्षकले आन्दोलन जारी राखेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफ्नो माग समाधान नगरेको भन्दै आन्दोलन नरोकेका उनीहरूले आज बबरमहल-माइतीघर सडकमा सुतेर विरोध जनाए ।

बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका थिए । तर, सरकारसँगको सहमतिमा आफ्ना एजेण्डा सुनुवाइ नभएको भन्दै उनीहरू महासंघसँग रिसाएका हुन् । त्यसैले राहत शिक्षक भने कार्यक्षेत्र नफर्की आन्दोलनमै होमिएका हुन् ।

उनीहरूले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरू आफूहरूसँग आन्दोलनमा रहेको बताएका छन् ।

उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् । सरकार र महासंघले आफूहरूलाई धोका दिएको भन्दै आन्दोलनको मैदान नछोडेको उनले बताए ।

प्रकाशित मिति:September 25, 2023