सुनको मूल्य लगातार बढ्दै, आजपनि नयाँ कृतिमान

  Sampatti News

July 28, 2020

काठमाडौँ । सुनको लगातार रूपमा बढेको छ। मंगलबार पनि सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च भएको हो । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको हो । यो आजसम्मकै उच्च हो ।

अघिल्लो दिन अर्थात सोमबार ९७ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार ७ सयले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति:July 28, 2020