इजरायल–हमास युद्धमा हाल सम्म कति जना मारिए, कस्तो छ अवस्था ?

  Sampatti News

October 10, 2023

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच भएको युद्धमा दुवैतर्फ गरी हालसम्म १५ सयभन्दा बढी मानिस मारिएका छन् ।

स्रोतका अनुसार युद्धका क्रममा ९ सय इजरायली मारिएका छन् भने ६८० प्यालेस्टिनीको मृत्यु भएको छ । लडाकु समूहले इजरायली सेनाका अधिकारीहरूसहित एकसय भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ ।

सो समूहले इजरायलले गाजाका मानिसहरूलाई निशाना बनाएमा बन्धक बनाइएका सबैलाई मारिदिने चेतावनी पनि दिएको छ ।

इजरायलले भने युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्न आदेश दिएको समाचार संस्था सीएनएनले जनाएको छ ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र केहीलाई बन्धक बनाएको जानकारी गराएका छन् ।

प्रकाशित मिति:October 10, 2023