त्रिशूली वाङ्मय प्रतिष्ठानको नयाँ कार्यसमिति गठन

  Sampatti News

October 16, 2023

काठमाडौं । नुवाकोटबाट राजधानी आएर विभिन्न पेशा व्यवसाय गर्दै र साहित्य सिर्जनामा पनि तल्लिन साहित्यकारहरुको साझा साहित्यिक संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको नयाँ कार्य समिति चयन गरिएको छ ।


त्रिभूवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक समेत रहेका कवि तथा समिक्षक आर एम डङ्गोलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । प्रतिष्ठानकै आयोजनामा हरेक वर्ष घटस्थापनाको दिन हुँदेै आएको शारदीय काव्य उत्सव र संस्थाको साधारण सभाबाट डङ्गोल अध्यक्षमा चयन भएका छन्् । संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजेन्द्रमान डङ्गोल, महासचिव राजेन्द्र घिमिरे सागर, सचिव लक्ष्मी रुम्बा, कोषाध्यक्ष पुरु लम्साल, सदस्य पुरुषोत्तम रिजाल, डा. विक्रम तिमिल्सिना, प्रभाती किरण, जितेन्द्रसिं ठकुरी, कृष्णकिसु न्यौपाने, उत्तम विचार, वैरागी जेठा, जया ओझा, पूजा श्रेष्ठ, शिवप्रसाद आचार्य रहेका छन् ।

पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा श्रीहरि फुँयालको अध्यक्षतामा स्थापना भएको त्रिशूली वाङ्मय प्रतिष्ठानले हरेक वर्ष भाषा, साहित्य, संस्कृति र पर्यटनका क्षेत्रमा काम गर्दै आइरहेको छ । “वाङ्मय प्रतिष्ठान सिर्जनात्मक प्रतिभाहरूलाई मञ्च प्रदान गर्न र संस्थागत रूपमै सिर्जना, प्रकाशनजस्ता माध्यमबाट योगदान दिन स्थापना भएको र सोही उद्देश्य अनुसार काम गर्ने प्रयत्न भइरहेको छ । अब नयाँ सदस्यहरूलाई पनि जोडेर अगाडि बढिने हामीले योजना बनाएका छौँ ।” अध्यक्ष आर एम डङ्गोलले भने ।

प्रकाशित मिति:October 16, 2023