फेरि बढ्यो डेंगी संक्रमण

  Sampatti News

October 17, 2023

काठमाडौं । नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार जनवरी यता १६ अक्टोबरसम्म ४० हजार ६३ जना संक्रमित भएका छन् ।

अक्टोबरका १५ दिनमा मात्रै ६ हजार ४६९ जना संक्रमित थपिएको तथ्यांक छ । डेंगीबाट जुलाइयता २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो महिना गण्डकी प्रदेशका तनहुँ र कास्कीमा संक्रमण तीब्र बनिरहेको छ । गण्डकी प्रदेशमा हालसम्म आठ हजार ६०७ जना संक्रमित भएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ४२१ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै सुनसरीको धरान डेंगीबाट प्रभावित भएका छन् । अब कात्तिक लागेसँगै संक्रमण दर विस्तारै घट्ने विज्ञहरु बताउँछन् । 

प्रकाशित मिति:October 17, 2023