आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

  Sampatti News

October 18, 2023

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएको छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् ।

नेपाली कांग्रेसको संस्थागत निर्णयमा विद्राह गरे आफ्नो पार्टीका ८ सहित नेकपा (एमाले)का ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) को १ जना सांसद छन् ।

मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिने सम्भावना रअ‍ेको छ । यदि त्यसो भएमा कार्कीको पक्षमा ८७ सांसदले विश्वासको मत दिनेछन् । 

प्रकाशित मिति:October 18, 2023