अमेरिकामा बन्दुक आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु

  Sampatti News Online

October 27, 2023

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मेइन राज्यस्थित लुविस्टन सहरमा एक बन्दुकधारीको आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ।

प्रहरीले बन्दुकधारी ४० वर्षे रोबर्ट कार्ड भएको बताएको छ । घटनाबारे राष्ट्रपति जो बाइडनलाई पनि सूचित गरिएको छ । स्थानीय समयअनुसर बुधवार साँझ ६ः५६ बजे आक्रमण सुरु भएको थियो। 

आक्रमणमा परी कम्तीमा ५० जना घाइते भएको बताइएको छ । सेन्ट्रल मेइन मेडिकल सेन्टरका अनुसार घाइतेको उपचारका लागि यस क्षेत्रका अन्य अस्पतालहरूसँग समन्वय भइरहेको छ।

मेइनको सार्वजनिक सुरक्षा विभागका आयुक्त माइकल सशकका अनुसार स्थानीय समयअनुसर बुधवार साँझ ६ः५६ बजे आक्रमण सुरु भएको थियो। आक्रमणमा परी “धेरै जना हताहत” भएका थिए।

सेन्ट्रल मेइन मेडिकल सेन्टरका अनुसार घाइतेको उपचारका लागि यस क्षेत्रका अन्य अस्पतालहरूसँग समन्वय भइरहेको छ।

एन्ड्रोस्कोगिन काउन्टी शेरिफ कार्यालयले सन्दिग्ध आक्रमणकारीको दुई ओटा तस्बिर सार्वजनिक गरेको छ। उनी अझै पनि खुला हिँडडुल गरिरहेको बताउँदै उनको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको छ।

सन्दिग्ध व्यक्ति मेइनको साको सहरस्थित एक केन्द्रमा अमेरिकी सेनाबाट तालिम पाएका प्रशिक्षक रहेको राज्यको प्रहरीले आफ्नो विवरणमा उल्लेख गरेको असोसिएटिड प्रेसले जनाएको छ।

प्रहरी बुलेटिनका अनुसार यसै वर्षको गर्मीयाममा उनले एक मानसिक स्वास्थ्य केन्द्रमा बसेका थिए र त्यहाँ गोलीबारीको चेतावनी दिएका थिए।

प्रहरीले सेतो रङ्गको एउटा गाडीको तस्बिर सार्वजनिक गर्दै त्यसको अगाडीपट्टिको बम्पर कालो रङ्गको भएको हुन सक्ने भन्दै त्यसको पहिचान गर्ने जोकोहीलाई प्रहरीलाई सम्पर्क गर्न भनेको छ।

अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् मन्त्री अलेहान्ड्रो मायोकासले यस घटनापछिको अवस्थालाई नियालिरहेको जनाएको छ।

“मन्त्रालयले लुविस्टनका समुदायलाई सहायता गर्न हाम्रा सङ्घीय, राज्य र स्थानीय साझेदारहरूसँग निकट रूपमा काम गरिरहेको छ,” उक्त विज्ञप्तिमा भनिएको छ।

अमेरिकी न्याय मन्त्रालयको एक विज्ञप्तिमा सङ्घीय निकायहरूले राज्य र स्थानीय तहको कानुन कार्यान्वयनमा सघाइरहेको जनाएको छ।

राष्ट्रपति जो बाइडनले फोनमार्फत् मेइनका गभर्नर ज्यानेट मिल्स, माथिल्लो सदन सिनेटका सांसदहरू एङ्गस किङ र सुसन कोलिन्स तथा तल्लो सदनका सांसद जरेड गोल्डनसँग संवाद गरेका छन्।

लुविस्टनको जनसङ्ख्या झन्डै ३८,००० छ र यो पोर्टल्यान्डपछि मेइनको दोस्रो ठूलो सहर हो।

प्रकाशित मिति:October 27, 2023