प्रधानमन्त्री र ओलीबीच सिंहदरबारमा भेटवार्ता

  Sampatti News Online

October 27, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।उनीहरुबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

स्रोतका अनुसार ‘प्रचण्ड’को बोलावटमा ओली उनलाई भेट्न गएका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा उनले ओलीसँग भेटघाट गर्न चाहेको बुझिएको छ ।

महासचिव गुटरेस नेपाल भ्रमणका क्रममा कात्तिक १४ संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तालिका छ । उनको सम्बोधनपछि चालु संसद् अधिवेशन अन्त्य गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:October 27, 2023