काठमाडौंमा समाजवादी मोर्चा गठन

  Sampatti News Online

November 3, 2023

काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाण्डौको संयोजन समिति आज गठन भएको छ । मोर्चामा आवद्ददलहरूको जिल्ला भेलाले मोर्चा गठन भएको हो ।

मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ र ध्रुव न्यौपाने नेकपा माओवादी केन्द्रबाट संजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादी पार्टीबाट अजित पुतुवार र एक जना पछि थप गर्ने गरी मोर्चा गठन भएको छ ।

मोर्चाको संयोजकमा एकीकृत समाजवादीका नेता एल पी श्रेष्ठ चयन भएका छन् ।

समिति गठन कार्यक्रममा समाजवादी मोर्चा नेपालका केन्द्रीय सदस्य सचिव तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालको बिशेष सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि हमालले मोर्चा गठन र उदेश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राखेका छन् ।

कार्यक्रममा समाजवादी मोर्चा नेपाल बाग्मती प्रदेश संयोजक तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा काठमाण्डौं इञ्चार्ज वसन्त मानन्धर ,नेकपाका तर्फबाट मोर्चाका वाग्मती सदस्य सन्तोषि सी,जसपाको तर्फबाट मोर्चाका बाग्मती प्रदेश सदस्य तथा जसपा वाग्मती अध्यक्ष जय गोले लगायतको सहभागिता रहेको नेकपा एकीकृत समाजवादी काठमाडौंकि प्रवक्ता कृतु भन्डारीले जानकारी दिएकी छन् ।

मोर्चाको संयोजनको जिम्मेवारी पाएको नेकपा एकीकृत समाजवादीले पहिलो ४ महिना संयोजनको जिम्मेवारी सम्हाल्ने छ ।

प्रकाशित मिति:November 3, 2023