हिमालयन रि इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापकमाको भूमीकामा : पौडेल 

  Sampatti News Online

November 5, 2023

काठमाडौं । दोश्रो पुनर्बीमा कम्पनीको रुपमा उदाएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापकमा प्रमुख कार्यकारी अधिकृतको भूमीकामा उपासना पौडेल कार्यरत छिन् । यसै वर्षको असोज १५ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी पौडेलको बीमा क्षेत्रमा १० वर्षभन्दा बढी र उत्पादन तथा दुरसञ्चार क्षेत्रमा ३ वर्षको कार्यानुभव रहेको छ । पौडेलले दिल्ली युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छिन् ।

उनी नेपालको बीमा उद्योगमा सानै उमेर र महिला कर्मचारीका रुपमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत समेत हुन् । हिमालयन रि आउनु अघि उनले युनाइटेड इन्स्योरेन्सको सीईओको रूपमा काम गरेकी थिन् ।

त्यस्तै नायब प्रमूख कार्यकारी अधिकृतमा मुकेश कुमार कपूर कार्यरत छन् । कपूरको नेपाल तथा भारतको बीमा क्षेत्रमा ३८ वर्षको कार्यानुभव रहेको छ ।

त्यस्तै कम्पनीको कार्यकारी निर्देशकमा मनिष कुमार र दीपक कुमार श्रेष्ठ कार्यरत छन् ।

प्रति साधारण शेयर अंकित मूल्य रु.१००मा प्रिमियम बापत रु. १०६ थप गरी प्रति शेयर रु.२०६मा हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमामा गएका नेपालीमा  कार्तिक २१ गते देखि आईपीओ  निष्कासन गर्दै छ । दोश्रो चरणमा सर्वसाधारणलाई निष्कासन  गर्ने छ ।

प्रकाशित मिति:November 5, 2023