लोक सेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी

  Sampatti News Online

November 17, 2023

काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ। आज एक सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो।

उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित मिति:November 17, 2023