रौतहटमा प्रहरी द्वारा ४ थान अत्याधुनिक हतियार सहित बिभिन्न सामान बरामद

  Sampatti News Online

November 20, 2023

रौतहट ३ मंसिर। रौतहट स्थित यमुनामाई गाउँपालिका बाट प्रहरीको संयुक्त टोलीले ४ थान अत्याधुनिक हतियार सहित विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता तथा डिएस्पी दामोदर केसीको कमाण्डमा सशस्त्र प्रहरी सहित गएको ४५ जनाको टोलीले आईतवार अपरान्ह यमुनामाई नगरपालिका -३ स्थित एक घरबाट उक्त हतियार सहितको सामान बरामद गरेको हो। विशेष सूचनाको आधारमा गएको टोलीले यमुनामाई नगरपालिका -३ स्थित एक घरबाट ९ एमएम पेस्तोल ३ नाल , त्यसमा लाग्ने गोलि १३ गोटा , म्याग्जिन ६ वटा तथा एयर गन १ नाल , मोबाईल २ थान, सिमकार्ड ४ थान, पेनद्राईभ १ थान र शेख एजाज महमदको नेपाली नागरिकता १ थान बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओम प्रकाश खनालले बताए।

खानतलासीको क्रममा बरामद हतियारमध्ये २ नाल पेस्तोल मेड इन युएसएु र एक नाल मेड इन इन्डियाु लेखिएको छ । खानतलासी भएको घर कसको हो भन्ने बारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ। छापामारको क्रममा उक्त घर वरपरको घरका मानिस घरभित्र ढोका थुनेर बसेको कारण यकिन हुन नसकेपनि सोधपुछ भईरहेको प्रहरीले जनाएको छ। उक्त घरमा ठूलो मात्रामा अवैध हतियार लुकाएर राखेको छ भने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर, सशस्त प्रहरी बल हेक्वा गौर, ईलाका प्रहरी कार्यालय गरुडा, प्रहरी चौकी शुकदेव चौक, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट फतुवा सहित बाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। बरामद हतियार बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सञ्जय मिश्रा

प्रकाशित मिति:November 20, 2023