महिनावारी रकम उठाउने नक्कली प्रहरी पक्राउ

  Sampatti News Online

December 1, 2023

वीरगञ्ज – ब्यापारीसँग महिनावारी रकम उठाउने एक जना नक्कली प्रहरीलाई पर्सा प्रहरीेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरी छन्।

५-६ महिनादेखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट  खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी वीरगञ्ज महानगरपालिका-२३ हरपतगञ्ज स्थित व्यापारीसँग महिनावारी रकम उठाउँदै आएको प्रहरीको दाबी छ।

कोइरीलाई वीरगञ्ज महानगरपालिका-२३ स्थित २३ सुगौली बिर्ता केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिए। उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:December 1, 2023