आयोग कै पत्रका आधारमा वीर अस्पतालका प्रमुख डाक्टर पौडेल मन्त्रालय तानिए

  Sampatti News Online

December 1, 2023

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा. सन्तोष पौडेल स्वास्थ्य मन्त्रालय तानिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बिहिबार पौडेललाई वीर अस्पतालको निर्देशकबाट मन्त्रालय तानेका हुन्।

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै आयोगले कार्यकारी निर्देशक डा. पौडेल नेकपा (एमाले) को सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको भन्ने उजुरी परेको जनाएको थियो।

नेपाल सरकारबाट नियुक्त डा. पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन गरेको थियो। राष्ट्रिय सतर्कता केन्द्रले पनि डा. सन्तोष पौडेललाई आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको थियो। राष्ट्रिय सतर्कता केन्द्रले केन्द्रले ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने भन्दै आवश्यक कारबाहीका लागि पत्र पठाएको थियो।

ुवीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल ट्रेड युनियनमा आवद्ध भै कामकाज समेत गरेकोले छानबिन गरी पाउँ भनी केन्द्रमा उजुरी दर्ता भएकोमा सो विषयमा छानबिन गर्न यस केन्द्रबाट छानबिन समिति गठन भै प्राप्त प्रतिवेदन अनुसार राष्ट्रिय ट्रमा सेन्टरपछि वीर अस्पतालमा समेत कार्यकारी निर्देशकको रुपमा कार्यरत निज डा सन्तोष पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकोले प्रचलित कानुनमा भएको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नु अनुरोध छ।ु पत्रमा भनिएको छ। वीर अस्पतालमा जाने प्रायः जसो सबै प्रमुखहरू मन्त्रालयमा जो मन्त्री आउछ्न उनीहरुको इसारामा चल्ने भएकाले अस्पतालमा बिथिती समाली नसक्ने अवस्था पुगेको छ।अस्पतालको स्टोर शाखाले औसधि र सामाग्री खरिद गर्ने गरेको तथ्य कमिसनको टेको मै उभिएको कारण कर्मचारीको खल्ती पिच्छे संघसंगठनका उम्रन सफल भएको छ।
स्वास्थ जस्तो संबेदनसिल बिषयमा कृयाशिल हुनुपर्ने ठाउमा राजनीतिको अतिक्रमले वीर अस्पताल आफै बिरामी परेको छ।

प्रकाशित मिति:December 1, 2023