काठमाडौँ महानगरका १ लाख १९ हजारले बुझाए कर

  Sampatti News Online

January 9, 2024


काठमाडौं । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका एक लाख १९ हजार चार सय ५९ जनाले कर बुझाएका छन् ।यसरी तिरिएको करबाट दुई अर्ब ६६ करोड ९८ लाख ४५ हजार चार सय ९४ रुपैयाँ राजस्व संकलन भएको छ । यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता छन् ।
यस बर्ष करदाताको संख्या तीन लाख ४३ हजार छ सय ४० हो । गएको आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ ।
सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका थिए ।

प्रकाशित मिति:January 9, 2024