कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

  Sampatti News

August 3, 2020

काठमाडौँ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। उनी सोमबार बिहान ९ बजे अस्पताल भर्ना भएका थिए ।

कोरोनाबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरले जनाएको छ। वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो।

उनको सवा ३ बजे मृत्यु भएको थियो भने एक घण्टापछि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मधुमेहको समस्या रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको आएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ।

प्रकाशित मिति:August 3, 2020