January 9, 2024
विराटनगर । नेकपा एमालेले पनि कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
केही समयअघि सकिएको एमालेको बैठकले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिने तयारी गरेका राप्रपाका अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीका अनुसार एमालेले विष्टलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।
एमालेले पनि समर्थन गर्ने भएपछि विष्ट सर्वसम्मत सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ । विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।विष्ट सभामुख बनेपछि राप्रपाको दुईवटा प्रदेशमा सभामुख हुनेछन् । बागमती प्रदेश सभामा राप्रपाकै भुवनकुमार पाठक सभामुख छन् ।
कोशीमा सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ ।
प्रकाशित मिति:January 9, 2024
February 16, 2025
February 15, 2025
February 14, 2025