अम्बरबहादुर विष्ट पञ्चायतमा उपप्रधानपञ्च, गणतन्त्रमा सभामुख!

  Sampatti News Online

January 9, 2024

अम्बरबहादुर विष्ट पञ्चायतमा उपप्रधानपञ्च, गणतन्त्रमा सभामुख
विराटनगर । कोशी प्रदेश सभाको सभामुखमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उम्मेदवारी नदिने निर्णय गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रदेश सभा सदस्य अम्बरबहादुर विष्ट सभामुखमा निर्विरोध निर्वाचन हुने निश्चित भएको छ । कोशीको सभामुख चयनका लागि आजै मंगलबार दिउँसो ३ बजेलाई निर्वाचन समय तोकिएको छ । सभामुखका लागि सत्ता गठबन्धले विष्टलाई अघि सार्ने निर्णय गरेसँगै एमालेले उम्मेदवारी नदिने निर्णय गरेको हो ।विष्ट गत निर्वाचनमा झापाबाट समानुपातिकतर्फ राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । २०१० सालमा जन्मिएका विष्ट विद्यार्थी कालमा अखिलबाट राजनीति प्रवेश गरेका हुन् । उनी विद्यार्थी कालमा महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दा अखिलको इकाई उपसभापतिमा उम्मेदवार समेत बनेका थिए । तर उनले त्यसबेला उपसभापतिमा पराजय भोगे पनि राजनीतिलाई निरन्तरता दिइरहे ।अखिलको राजनीतिमा हार बेहोरेपछि विष्ट पञ्चायती राजनीतिमा प्रवेश गर्दै तत्कालीन गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित भए । २०३३ सालमा जुरेपानी गाउँपञ्चायत वडानम्बर ५ को वडाध्यक्ष भएर काम गरेँ’, विष्टले मंगलवार सभामुखमा निर्विरोध हुने भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘त्यसपछि म सोही गाँउपञ्चायतको उपप्रधानपञ्च भएर काम गरे ।’
अखिलको राजनीतिमा हार बेहोरेपछि विष्ट पञ्चायती राजनीतिमा प्रवेश गर्दै तत्कालीन गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित भए । ‘उपप्रधानपञ्चपछि जिल्ला पञ्चायतको सदस्य १० वर्ष भएर काम गरेका विष्ट सोही अवधिमा जिल्ला पञ्चायतको उपसभापति समेत भएर काम गरेका थिए ।२०४६ पछि पनि राष्ट्रिय पञ्चायतको राजनीतिमै आबद्ध विष्ट तत्कालीन शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सहकारी विकास बोर्डको सदस्यसचिव समेत बनेका थिए ।
त्यसपछि राप्रपाको जिल्ला अध्यक्ष हुँदै हाल राप्रपाको केन्द्रीय सदस्य रहेका विष्ट पछिल्लो निर्वाचनमा प्रदेशतर्फ समानुपातिक उम्मेदवार बनेका थिए । राप्रपा पृष्ठभुमी भएपनि संविधानको परिधिभित्र रहेर काम गर्ने विष्टको भनाइ छ ।
‘संविधानको परिधिभित्र रहेर काम गर्नुपर्छ । सभामुख निर्वाचित भएको खण्डमा म पार्टीका जिम्मेवारीमा रहन्न’, विष्टले भने, ‘पार्टीले गर्ने काम पार्टीले गर्छ मैले गर्ने काम म गर्छु ।’
कोशी प्रदेशमा माओवादी केन्द्रका बाबुराम गौतमले गत साउन महिनामा राजीनामा दिएपछि सभामुख पद रिक्त छ । त्यसबेला सत्ता गठबन्धनमा सरकारलाई बहुमत पुर्याउन गौतमले राजीनामा दिएका थिए।

प्रकाशित मिति:January 9, 2024