कस्तो छ तपाईंको आजको राशिफल ?

  Sampatti News Online

January 12, 2024

मेष : स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

वृष : आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।सामाजिक क्षेत्र सबल छ। शिक्षामा उन्नति हुनेछ। परिवारबाट खुशी मिल्नेछ।

मिथुन : दैनिकी सामान्य राम्रो छ। परिवारमा शंका उपशंका उठ्न सक्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नुपरेमा गति सीमित गर्नुपर्छ। दुर्घटनाको जोखिम हुने योग भएकाले यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। परिवारमा एक्लै निर्णय गर्न खोज्दा समस्या हुनसक्छ। शिक्षाको क्षेत्रबाट उपलब्धि प्राप्त हुनेछ।

कन्या : अचानक चिट्ठा पर्ने सम्भावना देखिन्छ। आफूले आफूलाई सुधार गर्नुपर्ने दिन हो। बोली वचनमा ख्याल गरेमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध राम्रो छ।

तुला : समय राम्रो छ। प्रतिस्पर्धा गर्नेहरु सूर्य उदयपछिको अध्यारो भागेजस्तै हराउने देखिन्छ। बन्धुबाट सहयोग हुनेछ। शिक्षाको लगानीले फाइदा दिनेछ।

वृश्चिक : दैनिकी सामान्य छ। पश्चिम तर्फको यात्रा नगर्नु राम्रो। तीव्र गति आजको लागि राम्रो नहुन सक्छ। परिवारको साथ भने निरन्तर पाउने योग रहेको छ। प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

धनु : स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट प्रगति हुनेछ। गोपनीयता खोलिएमा परिवारमा समस्या हुनसक्छ। जसले गर्दा परिवारको साथ नमिल्न सक्ने देखिन्छ।

मकर : समय सामान्य राम्रो छ। बन्धुसँगको भेटले दिन रामाइलो हुनेछ। आफूले नजानेकै कारण धन खर्च हुने योग छ। परिवारमा विश्वास गुम्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कुम्भ : आर्थिक क्षेत्र सबल छ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जाने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ।

प्रकाशित मिति:January 12, 2024