न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाह प्रयास

  Sampatti News Online

January 14, 2024

काठमाडौँ । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी गिरीले न्यायको माग गर्दै आत्मदाहको प्रयास गरेकी हुन् ।

‘न्याय कि मृत्यु ? बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएकी उनले शरीरमा ज्वलनशील पर्दाथ खन्याएर आत्मदाहको प्रयास गरेको बताइएको छ ।

आगो सल्काउन खोज्दा उनलाई प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको छ । वेहोस भएकी गिरीलाई प्रहरीले उपचारका लागि अस्पताल तर्फ लगेको छ ।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।

प्रकाशित मिति:January 14, 2024