यो वर्षको एसइई चैत १५ देखि हुने

  Sampatti News Online

January 22, 2024

काठमाडौं । माध्यमिक शिक्षा (एसइई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो।

उहाँका अनुसार चैतको पहिलो हप्ता एसईई परीक्षा शुरू गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा शुरू गर्ने निर्णय भएको हो।

उहाँले भन्नुभयो– ‘चैत पहिलो हप्ताबाट परीक्षा शुरू गर्ने योजनामा थियौं, तर होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसईई परीक्षा गर्ने निर्णय गरेका छौं।’यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४ सय ४४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्।

तीमध्ये २ लाख ४६ हजार ४ छात्र र २ लाख ४३ हजार ४ सय ४० छात्रा परीक्षामा सहभागी हुँदै छन्। यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने हुन्छ।

प्रकाशित मिति:January 22, 2024