नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

  Sampatti News Online

January 22, 2024

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ ।  उच्च अदालत पाटनले पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुनको नियुक्त बदर गरिदिएकाे हाे ।

न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पुनको नियुक्तिको विषयमा संसदीय समितिले पनि प्रश्न उठाएको थियो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पुनकाे नियुत्तिको कागजात मागेको थियो । 

प्रकाशित मिति:January 22, 2024