राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश

  Sampatti News Online

January 23, 2024

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार आयोजित समारोहबिच राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेश गरिएको हो ।

प्रकाशित मिति:January 23, 2024