भ्रष्टाचारको अभियोगमा अख्तियरद्वारा दुई पौडेल पक्राउ

  Sampatti News Online

January 24, 2024

काठमाडौँ । नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफनो हिरासतमा नियन्त्रणमा लिएको प्रेस बिज्ञप्तिमा जनाएको छ ।

दुवै जना भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् ।मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको कार्यकयको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनमा तानिएको बताइन्छ । त्यही क्रममा बुधबार अख्तियारको टोलीले दुवैलाई पत्राउ गरी अख्तियारको हिरासत राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायक अर्थका बजेट महाशाखा प्रमुख मधु मरासिनी (सचिव निलम्वन) विरुद्द मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो । पछिल्ला दिनमा अख्तियर आक्रमक रूपमा प्रस्तुत भएको देखिन्छ ।यसैगरी स्वास्थ्य मन्त्रालय भित्रभएका औषधि र मेसिन खरिदकर्ता सप्लायर्सलाई समेत अनुसन्धानको दायरामा ल्याएर जेलहाल्नु पर्ने आवाज चर्को रूपमा उठेको छ।

प्रकाशित मिति:January 24, 2024