अकुत सम्पत्ति आर्जनको आरोपमा पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले दियो अनुमति

  Sampatti News Online

January 25, 2024

काठमाडौँ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

बिहीबार म्याद थपका लागि भएको बहस पछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको आयोगका प्रवक्ता नरहरि धिमिरेले बताए ।

अकुत सम्पत्ति आर्जन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ । उनीहरु दुवैले यसअघि पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

प्रकाशित मिति:January 25, 2024