आर्थिक सुशासनका अभियन्ता वामदेव अधिकारी आज बाट कार्यवाहक महालेखा परिक्षकको भुमिकामा

  Sampatti News Online

January 26, 2024

सरकारले महालेखा परिक्षको नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा कार्यवाहकको भरमा चल्दै आएको यो संबैधानिक निकायको कार्यवाहक महालेखा परिक्षक महेश्वर काफ्लेको ?आजबाट सेवा अबधि सकिए सगै उपमहालेखा परिक्षकको भुमिकामा कार्यरत बामदेब अधिकारीले पनि आजबाट वरिष्ठतमको आधारमा कार्यवाहक महालेखा परिक्षको जिम्मेवारीमा कार्यभार समाल्न्नु भएको छ।
पारिवारीक पृष्ठभूमि
लमजुङ जिल्लामा बुबा शिबदत्त अधिकारी र आमा चन्द्रमाया अधिकारीको कोखमा २०२५ सालमा जन्मिएर हाल काठमाडौको सरस्वोति नगर कपनमा बस्दै आउनु भएका बामदेब अधिकारी महालेखा परिक्षक कार्यालयका एक अब्बल राष्ट्रसेवक कर्मचारीको रुपमा चिनिनुहुन्छ । मध्यम वर्गिय परिवारमा हुर्किनु भएका अधिकारीले गाउँमै एसएलसी र त्रिभुवन बिश्वबिद्धालयबाट एमबिए ,बिएल उत्रिण गर्नुभएको छ । उहाँ सँग एक श्रीमती सहित दुईमात्र सन्तान ईश्वरका वरदान भनेझै एक छोरा एक छोरी छन । लमजुङ जिल्लाकै स्थानीय .माविमा पढदा देखिनै तिक्ष्ण बुद्धिका उहाँ राष्ट्रकै आशालाग्दा राष्ट्र सेवक कर्मचारी हुनुहुन्छ ।
राष्ट्र सेवामा प्रवेश
२०४६ /६/१९ मा सेवा प्रवेश गर्नुभएका उहाँले २०५४ /६/१४ गते महालेखा परिक्षकको कार्यालयमा लेखा अधिकृतको रुपमा सेवा प्रवेश गर्नु भएका उहाँ लेखा परिक्षण अधिकारी , नायव महालेखा परिक्षकहुँदै अहिले उपमहालेखा परिक्षकको रुपमा आफ्नो परिचय बनाई सक्नुभएको छ ।
सेवाभाब
झण्डै तीन दशकको राष्ट्र सेवा अनुभब बनाई सक्नुभएका उहाँले महालेखा परिक्षकको कार्यालय मार्फत मुलुकको, सुशासन जनताको सेवा र बेरुजु रहित कार्यालयको स्थापनाको अभियानमा खटिरहनुभएको छ । नेपाल सरकारको नीति, कार्यक्रम र योजना अनुसार राष्ट्र र जनसेवा कर्म, इमान्दारीता र सदाचारिता कर्मचारीको धर्म भन्ने मुल मान्यतालाई साकार पार्न अहोरात्र जनसेवामा खटिरहनु भएका अधिकारी पद, प्रतिष्ठा र आय आर्जनलाई भन्दा सुशासन र आर्थिक अनुशासन सहितको जनसेवालाई केन्द्रमा राखेर सबै राष्ट्र सेवकहरुले काम गर्नुपर्ने बताउँनुहुन्छ । उहाँले राष्ट्र सेवाको साथसाथै थुप्रै समाज सेवाका कामहरु पनि गर्नुभएको छ । महालेखा परिक्षकको कार्यालयमा रहँदा उहाँले बिभिन्न मन्त्रालयदेखि सरकारी निकायमा भएका आर्थिक अनुसाशन हिन कामलाई रोकेर आर्थिक पारदर्शितामा महत्वपूर्ण भुकिका निर्बाहा गर्नुभएको छ । आर्थिक अपराध र भ्रष्टाचारले थिलोथिलो पारेको मुलुकमा उहाँले गरेको कामले सरकारी निकायमा सुधार, राजश्व चुहावटमा नियन्त्रण र राज्यको ढुकुटि मजवुद बनाउन धेरै हद सम्म योगदान दिएको छ । आफु पदमा रहुन्जेल इमान्दारीताकासाथ राष्ट्र सेवा र आर्थिक शुसाशनमा लागिरहने बताउने अधिकारीमा मुलुकको सुशासन र समृद्धिका एक महत्वपूर्ण निधि हुनुहुन्छ । उहाँको हुटहुटी पनि मुलुकमा सुशान कायम होस, जनता सम्पन्न बनुन भन्ने छ ।
पछिल्लो समय सरकारी निकायमा बेथिति बढेको बेला उहाँ जस्ता कुसल प्रशासकलेआज कार्यवाहक र भोलिका दिनमा महालेखा परिक्षकको महत्वपूर्ण भुमिका पाउनु सबैकोलागी गौरबको बिषय भएको कर्मचारीहरु बताउँछन । राजनीतिमा पटक्कै जोडिन मन नपराउने अधिकारी सुशासन र समृद्धिका एक असल सारथि हुनुहुन्छ । उहाँको कामले शुसानमा धेरै योगदान पुग्न सक्छ । जनताले चाहेको काम गरीदिने नेता र नेतृत्व मात्र मुलुकले खोजेको सन्दर्भ र अबसरको न्यायोचित वितरणको अपेक्षा गरेका बेला उहाँ जस्ता राष्ट्र सेवकबाट मुलुकले धेरै पाउन सक्नेदेखिन्छ । उहाँ सेवा र पदबृद्धि होस, ठिक ठाउँमा ठिक प्रशासकको छनौट होस, आर्थिक अनुसाशनको अभियानले सार्थकता पावस उहाँको कार्य क्षेमतामा थप सृजनसिलता आओस, सरकारी निकायहरु आर्थिक अनुशासनमा बलिया हुन, देश र जनता सबृद्ध हुन सम्पत्ति न्युज परिवारको कामना ।

प्रकाशित मिति:January 26, 2024