काठमाडौ एयरपोर्ट प्रमुख र अधिकृत माथी प्रहरीको दुर्व्यवहार प्रति चौतर्फी बिरोध

  Sampatti News Online

January 26, 2024

काठमाडौ । त्रिवि अध्यागमनका प्रमुख र अधिकृतमाथि प्रहरीले दुर्व्यवहार गरेकाघटनालाई लिएर चौतर्फी बिरोध भएको छ। सुधारका काम गरेर अगाडि बढिरहेको एयरपोर्ट अध्यागमन प्रशासनलाई हत्तोसाहित गराउन प्रहरी लागी परेको यो घटनाले पुष्टि गरेको छ। एयरपोर्ट सुध्रेको प्रहरी हेर्न चाहादैन भन्ने बेलावखत चल्ने गरेको बहस यो प्रहरी ज्यादती पछि सत्य मान्नुपर्ने भएको छ। । तोकिएको जिम्मेवारी बहन गरिरहेको बखत त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाल र अधिकृत छायालाल मोक्तानमाथि माथि विमानस्थलकै प्रहरीले हातपात गरेका छन्।

प्रहरी र अध्यागमनबीचको विवादले हातपात भएको बताइएको छ । अध्यागमन अधिकृत मोक्तानमाथि त्यहाँ खटिएका प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्दहरू प्रयोग गरेको र असई सञ्जय तामाङ लगायतका अन्य कर्मचारीहरूले लछारपछार गरी निर्घात कुटपिट गरेको अध्यागमन कार्यालयले जनाएको छ ।
यो प्रकरण पछि कार्यालय प्रमुख गोगन बहादुर हमाल सिसिटिभी मोनिटरिङ कक्षमा ढोका थुनेर उनीमाथि समेत प्रहरीले कुटपिट गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

दुबै पक्षलाई राखेर सिसिटिभी मोनिटरिङ कक्षमा छलफल हुँदै गर्दा मोक्तानमाथि प्रहरीले हातपात गरेको र प्रहरीको ज्यादतीविरुद्ध बोल्दा कार्यालय प्रमुख हमाल माथि दुव्र्यवहार भएको र हमालको दायाँ हातमा चोट लागेपछि विमानस्थलको आगमन एरियामा रहेको प्राथमिक उपचार कक्षमा ड्रेसिङ गरिएको बताइएको छ।

अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका थिए । यसबारे विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उक्साहटमा यो घटना भएको हो कि प्रश्न गरिएको छ।

भिजिट भिसाको विषय बाहिर आएपछि नेपाल प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद बढेको देखिन्छ । बिमानस्थलमा हुने अनेकौं चलखेल गर्दै आइरहेका प्रहरीलाई अध्यागमनको सुधारको काम मन नपरे नै यो घटना भएको हो भनिएको छ।

प्रकाशित मिति:January 26, 2024