पर्यटन सचिब काफ्लेले रिसोर्ट संचालक थापा लाई गरे उत्कृष्ट सम्मान

  Sampatti News Online

January 28, 2024

काठमाडौं । नेपाल पर्यटक गाइड संघ (Tourist Guide Association of Nepal)ले पनौती नगरपालिका वडा नं ४ चामखरस्थित डायमण्ड हिल रिसोर्टका सञ्चालनक राजन थापालाई सम्मान गरेको छ ।

राजधानीमा भएको संघको ३० औं वार्षिक साधारणसभामा पर्यटन क्षेत्रमा डायमण्ड हिल रिसोर्ट र पर्यटन व्यवसायी तथा समाजसेवी थापाले गरेको योग्दानको कदर कर्दै उत्कृष्ट सम्मान गरेको हो । संकृति उर्यटन तथा नागरिक उड्डेयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेले थापालाँई सम्मान गर्नुभएको हो ।

थापाले आफूलाई संघले गरेको सम्मानले पर्यटन क्षेत्रमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालमा पर्यटन क्षेत्रलाई विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रको विकास नभई अन्य क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो ।

संघको वार्षिक साधारण सभा कार्यक्रममा पर्यटन क्षेत्रमा सहयोग गर्ने विभिन्न क्षेत्रका सहयोगिहरुलाई पनि सम्मान गरिएको थियो ।संचालक थापाले नेपालको पर्यटन क्षेत्रमा ठुलो योगदान रहेको पर्यटन बिस्तारको क्षेत्रमा काम गर्नेहरूको धारण रहेको छ।

प्रकाशित मिति:January 28, 2024