काठमाडौँ महानगरपालिकामा जिम्मेवारबिहिन बनेका कार्कि अझै हावी

  Sampatti News

August 7, 2020

काठमाडौं । काठमाडौं महानगरपालिकाको पदपूर्ति समितिले निर्देशक पदको बढुवा सुचना प्रकाशित गरेको थियो। त्यतिबेला गोरखापत्रमा सुचना प्रकाशन गरेनुसार नरेन्द्र विलाशले ७७ नम्बर, बुद्धरत्न मानान्धरले ७५, डा. उत्तमकुमार रेग्मिले ७१, नुरनिधि न्यौपानेले ६९, भैरव बोगटीले ६८, नारायण बाबू भट्टराईले ६५, अर्चना श्रेष्ठले ६४ र ज्ञानेन्द्र बहादुर कार्कीले ६० नम्बर प्राप्त गरेका थिए।

जसअनुसार तत्काल काठमाडौँ महानगरका निर्देशक ज्ञानेन्द्र कार्की ८ औँ नम्बरमा पर्न आउँछन्। तर, यस्तो सत्य एकातिर हुँदाहँदै कामपाले हालै जारी गरेको कार्य सम्पादन पुस्तकमा ज्ञानेन्द्र कार्की दोस्रो नम्बरमा परेका छन्। आठौ नम्बरमा रहेका कार्की दोस्रो नम्बरमा पर्न कसरी सफल भए ? प्रश्न तेर्साइएको छ।

यसरी उनी दोस्रो नम्बरमा केको आधारमा परे भन्ने कुरा महानगरभित्र चर्चाको बिषय बनेको छ। उनीभन्दा शिर्ष स्थान हासिँल गरेका अर्थात उनीभन्दा सिनियर ७ जना हुँदाहुँदै ७ जनालाई नै तेजोबोध हुनेगरि कार्यसम्पादनको जिम्मेवार बिहिन बनेका कार्कि एकाएक कार्यसम्पादन पुस्तकको २ नम्बरमा नाम प्रकाशित हुँदा खोजिको बिषय बन्नुलाइ धेरैले स्वभाबिक रूपमा लिएका छन।

महानगरमा सवारी साधन बेथिती

महानगरको आन्तरिक सहमति अनुसार आठौ तह सम्मका कर्मचारीलाई महानगरले सवारी साधन उपलब्ध गराउनु पर्ने हुन्छ। तर यो सहमतिको उचित कार्यन्वयन हुन सकेको छैन, सेवाको समान दाबेदार कतिपय कर्मचारीले सवारी साधनको पाउनुपर्ने सेवा उपभोग गर्न पाएका छैनन्, यस्तो हुनु भनेको माथिल्लो तहलाई चाकरी चाप्लुसि गर्ने बाटो राखिएको रुपमा हेरिएको छ। त्योसँगै विभदको छिद्र प्रवेश गराउने श्रेय कार्कीलाई नै जान्छ। विगतमा निर्देशक कार्कि हावि भएका बखत सो निर्णय गर्न सफल भएका थिए।

त्यसैबेला देखि नै यस्तै खालका विविध विवादास्पद निर्णय गर्दै गएपछि विकृतिको जड नै भएको निष्कर्ष सहित विगत १ बर्ष देखि कार्कीलाई जिम्मेवारबिहिन बनाई मन्त्रालयमा थन्क्काईएको थियो।

जिम्मेवार बिहिन भएर थन्काईएका कार्कि नेपथ्यबाट महानगरपालिका भित्रका निर्णयमा हावि हुन्छन् भन्ने प्रमाण हालै प्रकासन गरेको कार्यसम्पादन पुस्तकबाट प्रष्ट हुन्छ।

जिम्मेवार बिहिन कार्कीबाट गाडीको दुरुपयोग

कार्की यतिबेला लकडाउनको अवज्ञाका साथै महानगरका सवारी तथा कर्मचारीको समेत दरुपयोग गर्दै डाँडाकाँडा घुम्न निस्केका छन्। एकातिर कोरोना माहामारीको बेला जनताले दुई छाक नपाएको बेला उनी डाँडाकाँडा मनोरञ्जनमा निक्केका छन् भने अर्कातिर महानगरको स्रोतसाधनको दरुपयोग गरेपछि उनी बढी नै आलेचित बनेका छन्।

झण्डै २ बर्ष अगाडि कार्कि प्रशासन प्रमुख हुँदा काठमाडौ मातहतका डिएसपिहरु राजनाथ पाण्डे र दिनेश अर्याललाई षडयन्त्रको सिकार बनाउँदै जिम्मेवार बिहिन बनाएका थिए। यतिमात्र नभई सरकारि सवारी साधन प्रयोग गर्न कानुनले मिल्दैन भन्दै खोसेका समेत थिए।

तर, कार्कि भने १ बर्षदेखि जिम्मेवारी बिहिन भएर पनि मन्त्रालयमा हाजिर गर्दै महानगरभित्रैको ईन्धन र सवारी चालकलाई आफ्नो नियन्त्रणमा राखिरहेका छन्। उनको यस्तो रवैयाको पछाडी आधार र कारण के ? विगतमा जिम्मेवार विहिन भएका पाण्डे र अर्याललाई कानुन लाग्ने तर त्यहि कानुन कार्किलाई भने नलाग्ने भन्ने हुन्छ ? प्रश्न खडा भएको छ।

तीनकुने बसोवास गर्ने कार्कीले अहिलेपनि महानगरबाट महिनामा १ सय ५० लिटर तेल लिँदै आएका छन्। जिम्मेवार विहिन कार्कीलाई यत्रो सुविधा के का लागि ?

उनकै समान दर्जामा रहेर काम गरिरहेका जसले सवारी साधन समेत पाईरहेका छैनन्, उनीहरुबिच पनि बहस र चर्चा चलेको मात्र छैन कार्यक्षेत्रमा आत्माबल कमजोर बनाएर काम गर्नुपर्ने बाद्य्यता कर्मचारी बिच आइपरेको छ।

उनी सरहका प्राय सबै हाकिमहरुले मारुती अल्टो चढ्छन् तर उनले भने नयाँ टाटा सवारीमा सयर गर्दै हिडेका छन्।

यो देख्दा महानगरमा न्याय भन्ने कुरा कोमामा पुगेको को छ भन्ने निष्कर्षमा ईमानदार कर्मचारीहरु पुगेका छन्।

कार्की बहुरुपि रंग धारणाा गर्न सक्ने व्यक्ति हुन्। उनी तत्कालिन समयमा मन्त्रालयको अनुमति बिना नै राप्रपाका राजाराम श्रेष्ठसँग लन्डन मा मात्र नभई धेरै ठाउँमा घुम्न समेत गएका थिए।

उनि राजाको शासनकालको स्थानीय विकास मन्त्री खड्कबहादुर जिसिको घरमा ब्यालकलेवल रक्सी बोकेर जाँदा मन्त्रीले हपारेर पठाएको तत्कालिन मन्त्रीका सुरक्षाकर्मीबाट बुझ्न सकिन्छ ।

हरेक पार्टीको सदस्यता बोकेका कार्की डाँडाकाडाँका भट्टिमा बसि महानगर भित्रका ईमान्दार कर्मचारीलाई लागिगलौच गर्दै यतिबेला दिन कटाईरहेको पाईन्छ।

उनले अहिले पनि महानगरबाट उपभोग गर्ने ईन्धन यस्तै यस्तै काममा प्रयोग गर्ने गरेको समाचार स्रोत बताउँछ।

त्यसैगरि ०७२ को भुकम्पको समयमा वातावरण विभागमा रहँदा स्वीकृति नै नलिइ क्यानडा गएका कार्किलाई मन्त्रालय तहबाटै कालो सुचिमा राखिएको थियो । त्यो बेलाको भ्रमण खर्च रकम मन्त्रालयले रोके पनि पछि महानगर भित्र कृर्ते गरि निकालेको सन्दर्भ पनि चर्को रूपमा उठेको छ। बिकृतिको चाङसँग सामना गरिरहेको काठमाडौँ महानगर भित्र अहिले भने नेपाल सरकारका स्वच्छ छविका सचिव एकनारायण अर्याल आएका छन्। उनको प्रवेशसँगै महानगरमा धेरै कुराहरु सुधारहुने अपेक्षा गरिएको छ। कतिपय कामहरु थालनी गरिसकेको अबस्था छ भने यस्ता विकृतिजन्य कर्मचारीको सन्दर्भमा भने सचिव अर्यालले के कस्तो पाइला चाल्ने हुन महानगरको बेथिति नियाल्नेहरुले चाँसोदिएर हेरेका छन।

प्रकाशित मिति:August 7, 2020