स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

  Sampatti News

February 8, 2024

काठमाडौं ।  रिक्त रहेको पदमा स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले डा. श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गरेका थिए । निर्देशक डा दामोदर बसौलालाई हटाइएपछि अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति:February 8, 2024