माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  Sampatti News Online

February 9, 2024

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीकाे बैठक आज दिउँसो ३ बजेका बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज र भोलि बस्नेछ । स्थायी कमिटीमा विधानबारे छलफल हुने पार्टी कोषाध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । विधान सम्मेलनअघि बैठक बस्न लागेकाे हाे ।

मुख्यसचिव श्रीराम ढकालका अनुसार माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बस्नेछ । बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । उक्त बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ । माओवादीको विधान सम्मेलन फागुन १–३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।

प्रकाशित मिति:February 9, 2024