सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ

  Sampatti News Online

February 9, 2024

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:February 9, 2024