सरकारी छाप तथा कागजपत्र किर्ते गरेको अभियोगमा एक जना पक्राउ

  Sampatti News Online

February 9, 2024

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका ६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका १ दुम्किबास बजारबाट पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:February 9, 2024