यातायातका महानिर्देशक रिजाललाई कार्यालयमै दलियो कालोमोसो

  Sampatti News Online

February 12, 2024

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ ।
नक्कली लाइसेन्स प्रकरणमा संलग्न रहेको भन्दै मोहन वैद्य सम्बद्ध क्रान्तिकारी युवा संगठनले कालोमोसो दलिदिएको हो । संगठनको एक समूहले मीनभवन कार्यालय मै पुगेर बिहान १०:१५ बजेतिर दुर्व्यवहार गरेको जनाइएको छ । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।
पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।

प्रकाशित मिति:February 12, 2024