धरानबाट १४९ किलो गाँजासहित १४ जना पक्राउ

  Sampatti News Online

February 12, 2024

विराटनगर ।  सुनसरी प्रहरीले एक सय ४९ केजी प्रतिवन्धित लागुऔषध गाँजा सहित १४ जनालाई नियन्त्रण्मा लिएको छ। सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बीआर १० पी९१५४ र एमपी १७ टीए ०५१२ नम्बर गाडीलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो । गाँजा ओसारपसारमा सक्रिय भारतको बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल, २३ वर्षीय सञ्जयकुमार मण्डल, ३५ वर्षीया रेखा देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी पक्राउ पर्ने अन्यमा ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवी छन् । गाँजा ओसारपसारमा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारतको बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकितकुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादवको पनि संलग्नता रहेको पाइएपछि उनीहरुलाई समेत प्रहरीले  नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:February 12, 2024